२०८२ चैत्र ७, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणी नदी किनारमा स्नान गर्नेको घुइँचो

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) ८५३ पाठक संख्या

कावासोती । हरिबोधिनी एकादशीका अवसरमा पूर्वी नवलपरासीको नारायणी नदी तटका धार्मिकस्थलमा बिहानैदेखि विशेष मेला एवं पूजा गर्नेको भीड लागेको छ ।

जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैँडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न दिनैभर भीड लागेको छ।

Received_1313603679457057

अघिल्ला वर्ष कोरोना कहरका  कारणले मेला रोकिए पनि यस वर्ष भने तीन दिन अगाडिबाटै नारायणी नदी किनारमा मेला लागेका हुन्।

स्थानीय मेला व्यवस्थापन समिति, युवाक्लब, टोल सुधार संस्थाले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति दिने कावासोतीको पिठौलीमा रहेको एकादशी मेला व्यवस्थापन समितिका संयोजक सागर गुरुङले बताउनुभयो ।

FB_IMG_1667561591537

जिल्लाका विभिन्न स्थानमा लागेका मेलामा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड र सुन्तलालगायतका कृषिजन्य उत्पादनको खरिद बिक्री गर्नेको भीड पनि देख्न सकिन्छ ।

वर्षमा पर्ने २४ एकादशीमध्ये महत्वपूर्ण एकादशीका रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस