२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

जनताको चाहनालाई पूरा गर्ने काममा चट्टान भएर उभिन्छौं; विष्णुकुमार कार्की

२०७९ कार्तिक १७, बिहिबार प्रकाशित ( साल अघि) १२४० पाठक संख्या

कोल्हुवा । नवलपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार विष्णुकुमार कार्की र प्रदेश सभा सदस्यका साझा उम्मेदवार सौगाम कुमार सिर्पालिले जनताको चाहना र मुलुकको अग्रगामी परिवर्तनको लागि आफुहरु चट्टान भएर उभिने बताएका छन ।

मध्यविन्दु नगरपालिकाको वडा नं;२ स्थित कोल्हुवामा आज भएको लोकतान्त्रिक बामगठबन्धनले ‘वडा सम्पर्क कार्यालय उद्घाटन एवम् भेटघाट ’ कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिष्णुकुमार कार्कीले सांसदको काम नीति निर्माण र विधि विधान हेर्ने जिम्मेवारी रहेपनि नेपाल जस्तो विकासोन्मुख देशमा जनताको पिर, मर्का र आवश्यक्तालाई समेत पूरा गर्नेतर्फ लाग्नु पर्ने भएकाले त्यसमा कुनै कमि आउन नदिने बताए । सो क्रममा उहाँले नवलपुरको विकासमा हिजो पनि यहाँहरु सङ्गै थिए, आज पनि यहाँहरु सङ्गै छु र भोलि पनि यहाँहरु सङ्गै रहेर विकास निर्माणका कामहरु गर्ने बताए ।

Received_3547206925506572
यस्तै कार्कीले नवलपुरका लालपूर्जा विहीन नागरिकहरुको समस्या आमसमस्या भएकाले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसमा भूमिहिन नागरिकको हातमा पूर्जा उपलब्ध गराउने काममा आफु गम्भिर भएर लाग्ने समेत बताए ।

कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा “क” का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार सोम सिर्पालीले गठबन्धनको विजय पछी नवलपुरमा विकास निर्माणले गति लिने प्रतिबद्धता जनाए । संविधान रक्षाका लागि हामी एक भएर आगामी हुने निर्वाचनमा आएको बताउदै सिर्पालीले आम मतदाता हरुलाइ गठबन्धन को मतदान गर्न अनुरोध गरे । सो क्रममा उनले राष्ट्रको स्थितरता र जनताको समृद्धिको लागि कांग्रेस र कम्युनिष्ट पार्टीहरुबीच गठबन्धन गरेर अग्रगमनको बाटोमा अगाडी बढेको बताए।FB_IMG_1667477711026कार्यक्रममा बिष्णु प्रसाद लामिछाने , भरत कुमार तिवारी , टिका कुमारी महतो , गणेशमान महतो ,  बिकाराम चौधरी , पुरन गिरी , लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी गठबन्धनका स्थानीय र जिल्ला स्तरीय नेताहरु सहभागी रहेको कार्यक्रममा मतदातासँग उम्मेदवारहरूले गाउँको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।  लोकतान्त्रिक बाम गठबन्धनले केहीदिन अगाडीदेखि नवलपुरको मध्यविन्दुका नागरिकसंग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।FB_IMG_1667477717711

Received_1299030124230384

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस