२०८२ जेष्ठ ४, आईतबार
नयाँ
पछिला अपडेट

भोट माग्दै उम्मेदवार धानबारीमा

२०७९ कार्तिक १७, बिहिबार प्रकाशित ( साल अघि) ७०६ पाठक संख्या

चितवन । मतदाता लाई धान थन्काउने चटारो परिरहँदा निर्वनचनको मिति समेत नजिकिदै गएका छ । यहि मंसिर ४ गते हुने प्रतिनिध सभा तथा प्रदेश सभा निर्वाचनको मिति निजकिदै जाँदा उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्नका लागि धान बारिमा पुग्ने गरेका छन् । यसै क्रममा चितवन क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट उम्मेद्वार बन्नु भएका प्रा।डा।सूर्यकान्त घिमिरे मत माग्नका लागि जनताको घरदैलोमा जाने क्रम जारी रहेको छ ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेट्नका लागि मतदाता भएकै स्थानमा पुग्ने गर्नु भएको छ । लोकतान्त्रीक बाम गठवन्धनको तर्फबाट उम्मेद्वार वन्नु भएका घिमिरेले जनताको हक हितको पक्षमा काम गर्ने बताउनु भएको छ । कृषि क्रान्ति बिना देशको बिकास सम्भव नभएको भन्दै उहाँले कृषि क्षेत्रको समस्या सााधानका लागि बाम गठवन्धन बिजयी हुन जरुरी रहेको बताउनु भयो ।

किसानहरुको समस्या समाधानका लागि राजनैतिक स्थिरता आबश्यक रहेको भन्दै उहाँले राजनैतिक स्थिरताका लागि गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो । संबिधानको रक्षा र देशको बिकासका लागि अहिले गठवन्धनबाट निर्वाचनमा जानु परेको उहाँको भनाई थियो । चितवन क्षेत्र नम्बर ३ मा बाम गठवन्धनका तर्फबाट प्रतिबद्धता पत्र समेत जारी गरिसकेको बताउँदै उहाँले गरिएको प्रतिबद्धता अनुसार काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस