२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

विकासको खाका लिएर आएका छौँ; नेता सिर्पाली

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) १३८३ पाठक संख्या

कावासोती । नेकपा माओवादी केन्द्रका युवा नेता तथा जिल्ला समन्वय समिति सदस्य एवं नवलपुर प्रदेश सभा “क” का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोम सिर्पालीले जनताको आवश्यकता र चाहना समाधानमा आफूहरुको मुख्य ध्यान रहने बताएका छन् ।

कावासोती –  १७ को चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको सपना, आकांक्षा, चाहना र आवश्यकतालाई हामीले बुझेका छौँ, जनताको समस्या समाधान गर्ने र सम्बोधन गर्नेमा हाम्रो मुख्य ध्यान रहनेछ ।’

Received_640715110927139

उनले विकास निर्माणको खाका लिएर आफूहरु जनताको बीचमा आएको बताउँदै आफुहरुले जनताको बीचमा गएर विकास निर्माणको खाका निर्माणबारे थप छलफल गर्दै बाकी रहेका कामहरु पुरागर्ने समेत बताए ।

कार्यक्रममा उनले जनताको इमानमा कहिल्यै आँच नआउनेगरी कालो धब्बा नलाग्नेगरी आफूहरुले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले देशमा संकट आउनेबेला जहिल्यै पनि कांग्रेस माओवादी एक भएको इतिहास समेत सम्झाए ।FB_IMG_1667336676310

FB_IMG_1667336701647

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस