२०८२ भाद्र २९, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एमालेलाई झड्का; चुनावको मुखैमा ६८ जना नेपाली कांग्रेसमा प्रवेश

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) ६४८ पाठक संख्या

कावासोती । जिल्लाको गैंडाकोट नगरपालिकामा एमालेलाई चुनावको मुखैमा ठुलो धक्का लागेको छ ।

गैंडाकोट नगरपालिका वडा नं १० बाट नेकपा एमाले नवलपुर जिल्ला कमिटि सदस्य लालबहादुर आले सहित ६८ जना नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न ।1667311105735

एमाले जिल्ला कमिटी सदस्य लालबहादुर आले, लेखा समिति सदस्य होमबहादुर गुरुङ, गैंडाकोट नगरकमिटी सदस्यहरु रुद्र्प्रसाद अधिकारी, मेघराज सुवेदी, रेशम माया गुरुङ, चित्रबहादुर मगर सहित ६८ जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार डा.शशांक कोइरालाले नेपाली कांग्रेसमा स्वागत गरेका हुन ।

कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल, प्रदेश सभा सदस्य उम्मेदवार एवं कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, क्षेत्रीय सभापति अमृत भट्टचन लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।1667311100251

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस