२०८२ अषाढ २९, आईतबार
नयाँ
पछिला अपडेट

जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्ने तागत र क्षमता हामीसँग छ: विष्णु कुमार कार्की

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) ६४४ पाठक संख्या

कवासोती  । नवलपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं; २ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता बिष्णु कुमार कार्कीले नवलपुरको समग्र विकासको जिम्मा अब बन्ने बामलोकतान्त्रिक गठबन्धनको सरकारले लिने बताए।

कावासोती नगरपालिकाको वडा नं; १४ स्थित त्रिभुवनटारमा बाम–लोकतान्त्रिक गठबन्धनले आज आयोजना गरेको ‘वडा सम्पर्क कार्यालय उद्घाटन एवम् भेटघाट ’ कार्यक्रममा सम्बोधन गर्दै कार्कीले आफूहरुसँग कसरी विकास गर्ने, विकासका लागि कुन कुन ठाउँमा पुग्नुपर्छ भन्ने अनुभव र क्षमता भएकाले आफूहरुबाट विकास सम्भव हुने बताएका हुन् ।

FB_IMG_1667291824026

उनले भने, ‘हामी काम गर्न सक्ने तागत क्षमता भएको उम्मेदवार हौँ । बजेट ल्याउने र काम गर्ने तौर तरिका हामीलाई थाहा छ । ठूला कुरा गरेको होइन, कसरी विकास गर्ने भन्ने तागत र क्षमता दुवै हामीसँग छ।’

आफूहरुको मुख्य प्राथमिकता जनताको जीवन परिवर्तन गराउनेमा रहने भन्दै उनले आगामी ५ वर्ष जनताको समस्या समाधान गर्ने काममा आफूहरु केन्द्रित हुने बताए । उनले प्राप्त अधिकारलाई संरक्षण गर्नका लागि गठबन्धनलाई भोट दिन आवश्यक भएको तर्क राख्दै एमालेले लोकतन्त्रको आधारस्तम्भ भत्काउने काम गरेको समेत औल्याए ।Received_1456901274795844

उम्मेदवार कार्कीले आफूहरुले जनताको बीचमा साँचो बोल्ने र बोलेको कुरा पूरा गर्ने बताउँदै उनले भने, जनतालाई हामी झुक्याउन चाहन्नौँ, जे बोल्छौँ त्यही गर्छौ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%

प्रतिक्रिया दिनुहोस