२०८२ अषाढ २९, आईतबार
नयाँ
पछिला अपडेट

रुपन्देहीमा कारको ठक्करबाट एउटै परिवारको तीन जनाको मृत्यु

२०७९ कार्तिक १४, सोमबार प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ २ जना घाइते भएका छन् । भैरहवाबाट परासी तर्फ जाँदै गरेको कारले ओमसतिया ४ पननीमा बिहान ठक्कर दिँदा एक शिशु सहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृतकहरू ओमसतिया –४ का वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमीला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन् । घटनामा शिशुकी आमा २४ वर्षीय वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीय मञ्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्करपछि फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस