२०८२ चैत्र ७, शनिबार
नयाँ
पछिला अपडेट

शशांक कोइराला अस्पताल भर्ना

२०७९ कार्तिक १३, आईतबार प्रकाशित ( साल अघि) १२१५ पाठक संख्या

चितवन ।  नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा। शशांक कोइराला अस्वस्थ भएका छन्।

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा अस्वस्थ महसुस भएपछि उनलाई अस्पताल भर्ना गरिएको डा कोइरालाका सहयोगी निरज उप्रेतीले जानकारी दिए।

डा कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।

उप्रेतीका अनुसार डा कोइरालाको अवस्था अहिले सामान्य भइसकेको तर आइतबार रातभर अस्पतालमा नै बसेर स्वास्थ्य स्थिति निरीक्षणका लागि चिकित्सकले सल्लाह दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस