२०८३ श्रावण २०, बुधबार
नयाँ
पछिला अपडेट

पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु

२०७९ कार्तिक ११, शुक्रबार प्रकाशित ( साल अघि) ११०६ पाठक संख्या

कावासोती । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

यस्तै, गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ।

गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस