२०८२ अषाढ ११, बुधबार
नयाँ
पछिला अपडेट

नारायणगढमा सयपत्री मालामा ब्रह्मलुट, एउटै मालाको ३५० रुपैया

२०७९ कार्तिक १०, बिहिबार प्रकाशित ( साल अघि) ३४९ पाठक संख्या

चितवन । भाईटिकाको अघिल्लो साँझ नारायणगढमा सयपत्री मालामा विचौलियाहरुले चर्को मुल्य असुलेका छन् ।

नारायणगढको लायन्सचोकमा बसेर सयपत्रीको माला बेच्दै विचौलीयाहरुले प्रतिमाला रु ३५० असुलेका हुन् ।

बजारमा फुलको अभाव भएको र भारतबाट माला ल्याउनुपरेको भन्दै उनिहरुले एउटा मालाको ३५० रुपैँया असुलेको गैँडाकोटका रविन्द्र पौडेलले बताए ।

चितवनमा सयपत्रीको व्यवसाय गरिरेहेका व्यवसायीहरुले केहिदिन अघि पत्रकार सम्मेलन गर्दे एउटा मालाको मुल्य रु १०० कायम गरेपनि विचौलीयाहरुले चर्को मुल्य लिइरहेका छन् ।

चितवन प्रशासन सयपत्री मालामा भएको कालोबजारी र चर्को मुल्यलाई नियन्त्रण गर्न असफल देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस