२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २० क्विन्टल विषाक्त माछा नष्ट

२०७९ कार्तिक ९, बुधबार प्रकाशित ( साल अघि) ६२१ पाठक संख्या

कावासोती । नवलपुरमा भारतबाट भित्र्याइएको अवैध २० क्विन्टल माछा प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार भारतबाट फर्मालिन ९ माछा ताजा देखाउन राखिने औषधि० राखेर ल्याइएको माछा बरामद भएको हो ।

फार्मालिन राखेको माछा विषाक्त मानिन्छ । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकामा रहेको क्वारेन्टाइनबाट कात्तिक ६ गते बनाइएको कागजातमा काठमाडौं कालीमाटी लैजाने भनिएको छ । प्रतापपुरबाट ल्याएको भनिएको माछाको कागजात नक्क्ली देखिएको छ ।

कात्तिक ६ गते लु २ च ६९०३ नम्बरको ट्रकबाट काठमाडौं कालीमाटी लैजाँदै गरेको माछा प्रहरीले बरामद गरेको हो । बरामद गरेको माछा जिल्ला प्रहरी कार्यालय कावासोती हातामा अहिले गाडिएको छ । माछामा दुर्गन्ध आइसकेको प्रहरीको भनाइ छ । भारतबाट ल्याइने माछा यहाँकै पाखरीको भन्दै ढाँटेर बेच्ने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस