२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पहिलो पटक छाला प्रत्यारोपण

२०७९ कार्तिक ८, मंगलबार प्रकाशित ( साल अघि) ६२८ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ ।

गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो ।

बुलिङटार–४ सिंचाङका ५१ वर्षीय  तुलबहादुर सार्कीको  आगोमा परेर  पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए ।

पहाडी भेगका विपन्न समुदायका बिरामीको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ ।

उनकी श्रीमती पदमकुमारी सार्कीले भनिन्, “हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भनेको त छालासमेत राम्रो हुन्छभन्दा खुसी छौँ, अस्पतालबाट गाउँ जाँदा सबै खुसी हुन्छन् होला ।”

हातको  कुहिनो एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उहाँको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस