२०८२ जेष्ठ ४, आईतबार
नयाँ
पछिला अपडेट

धनकी देवी लक्ष्मीलाई कार्यालय तथा घरघरमा प्रवेश गराइयो

२०७९ कार्तिक ७, सोमबार प्रकाशित ( साल अघि) ४६३ पाठक संख्या

कोल्हुवा । आज बिशेष पुजा गरि धनधान्य एंव सम्पन्नताकी देवी लक्ष्मीलाई घर तथा कार्यालयमा भित्रयाइएको छ । भगवान विष्णुकी अर्धागिनी तथा धनकी देवी मनिने लक्ष्मीको बिशेष पुजा गरी भित्र्याउने धार्मिक विश्वास अनुरुप लक्ष्मीलाई भित्रयाउने काम गरियो ।

धनकी देवी लक्ष्मीलाई आजका दिन घर तथा कार्यालयमा भित्र्याउन सके सम्पन्नताको कमी नहुने धार्मिक विश्वासका कारण आज लक्ष्मीको बिशेष पुजा गरि लक्ष्मीलाई भित्र्याइएको हो । आजको रातलाई सुख रात्रि पनि भनिन्छ ।

आँगनबाट लक्ष्मीमाताको पाइलाहरु बनाउँदै उनलाई घर भित्र पुर्याइयो । आज ढुकुटी, सेफआदि धन सञ्चय गर्ने ठाउँको पनि पुजा गरियो ।

Laxmi Pooja Tihar

लक्ष्मीलाई उज्यालो मन पर्ने भएकाले घरघरमा बत्ती बालेर झिमिमिली र झकिझकाउ बनाइएको हो । यसो गर्नाले धनधान्य तथा सम्पन्नताकी देव लक्ष्मी प्रशन्न भइ घर तथा कार्यालयमा भित्रिने धार्मिक मान्यता छ ।

आजका दिने खासगरी कन्या केटीहरु घर घरमा भैलो खेल्ने र उनीहरुलाई दक्षिण दिदा फलिफाप हुने धार्मिक मान्यता छ । आजको दिन वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्षको दिन हो ।FB_IMG_1666607099116

आज विहानैबाट लक्ष्मीकी अवतारको रुपमा लिएको गाइलाई पुजा आजा गर्ने चलन छ । बेलुका विभिन्न रंगहरु प्रयोग गर्दै आँगनमा बिभिन्न प्रकारका रंगोली बनाउने चलन छ । त्यही चलन अनुरुप आज पनि रंगोली बनाउने काम गरियो ।

आजको रात सम्पन्नताकी देवी लक्ष्मी पृथ्वीलोकमा आई आशिष दिएर जाने धार्मिक मान्यता छ । आज घर अगाडीको तुलसीको मोठ या आँगनीको प्रवेशद्धारबाटै लक्ष्मीको पाइला रुपी रंगिन डोबहरुका छाप बनाइ घरका सम्पूर्ण कोठाहरुमा लगियो, यीनै पाइलाका छाप अनुरुप लक्ष्मीको प्रवेश घरमा हुन्छ भन्ने जनविश्वास छ ।

हिजो धनातेरसका दिन किनेको धातु आज लक्ष्मी पुजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिलै नहुने र मानसिक शान्ति मिल्ने विश्वास छ । त्यही धार्मिक मान्यता अनुरुप पुजा गरियो ।

Diwali Puja 1

FB_IMG_1666607083695

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस