२०८२ अषाढ १०, मंगलबार
नयाँ
पछिला अपडेट

तिहारको मुखमै सुनको भाउ घट्यो

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित ( साल अघि) ५९४ पाठक संख्या

नवलपुर, नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हो । बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन् । विगतमा तिहारका बेला सुनचाँदीको भाउमा वृद्धि हुने गरेको थियो । तर यसपटक भने आर्थिक तरलताले संकट निम्त्याएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस