२०८२ अषाढ ११, बुधबार
नयाँ
पछिला अपडेट

यो तिहारमा १३ करोडको फूलका माला बिक्री हुने

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित ( साल अघि) १११४ पाठक संख्या

काठमाडौं यस्  वर्षको तिहारमा साढे १३ करोड रुपैंया बराबरको फूलको माला खरिदबिक्री हुने अनुमान गरिएको छ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान०ले जनाएको छ।

ती रकम बराबरको २४ लाख ४५ हजार वटा माला खपत हुनसक्ने अनुमान गरिएको म्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फुलमा मुलुक आत्मनिर्भर भएपनि तिहारमा खपत बढी हुने भएकाले बजार माग अनुसार करिब ३ लाख माला अपुग हुने प्रक्षेपण फ्यानले गरेको छ।

माला अभाव हुन नदिन ३ लाख माला भारतीय बजारबाट आयात गरिने उनले बताए। गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपियाँको कारोबार गरेको थियो।

गत वर्षको तुलनामा यस वर्ष डेढ लाख मालाको खपत बढ्ने अनुमान पनि फ्यानले गरेको छ। गत वर्ष सयपत्री फुलको मूल्य प्रतिमाला ५५ रुपैंया, मखमली फुलको प्रतिमाला ३५ रुपैया र गोदावरी फुलको प्रतिमाला ३५० रुपैंया तोकिएको थियो। यस वर्ष पनि सोही मुल्यमा कारोबार हुने महासचिव पोखरेलले बताए। उनका अनुसार फुलको माला प्रतिमिटर बढीमा ८० रुपैंया भन्दाबढीमा बिक्री नगर्न व्यवसायीहरुलाई भनिएको छ थाहा खबर

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस