२०८२ जेष्ठ ४, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा तास खेल्ने ७ जना प्रकाउ

२०७९ आश्विन २७, बिहिबार प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

चितवन ।  चितवनको खैरहनीमा तास खेली रहेको अवस्थामा सात जना प्रकाउ परेका छन् ।

खैरहनी नगरपालिका–३ स्थित उनान्टोलबाट दुई लाख चौबिस हजार पाँच सय २० रुपैयाँ नगद र एक बुक तास सहित उनीहरुलाई प्रकाउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलाय चितवनका अनुसार चिरञ्जिवी सडौलाको घरमा तास खेली रहेको छ भन्ने खबर पाएपछि उनीहलाई प्रहरी निरीक्षकको टोलीले गएराती ११ बजे प्रकाउ गरेको थियो ।

प्रकाउ पर्नेमा खैरहनी–३ का ४२ वर्षीय चिरञ्जिवी सडौला, ४० वर्षीय सुकबहादुर तामाङ र रोशन तामाङ ,  खैरहनी–३ कै २२ वर्षीय पारस तामाङ, ३८ वर्षीय बुद्ध तामाङ, २५ वर्षीय प्रज्वल बिसुराल र उमेर नखुलेका कृष्ण थापासहित सात जना प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस