असोज । भोलि देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला भलिबल भोलि बिहिवार देखि म्याग्दीको सदरमुकाम बेनीमा खेल मैदानमा सञ्चालन हुँदैछ।
महिला भलिबलको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचमा हुने नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्र चनले बताउनु भयो । यसैगरी शुक्रबारको दोस्रो खेल सशस्त्र प्रहरीको एपीएफ र कर्णाली प्रदेशबीचमा हुँदैछ। अध्यक्ष जितेन्द्र , सचीव श्रीधर शर्मा सहितको टोली आज म्याग्दी पुगेका थिए ।
महिला भलिबलमा सात प्रदेश सहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका , खेलाडीहरू बेनीमा आइसकेको केन्द्रीय भलिबल सङ्घका सचिब श्रीधर शर्माले फोन मार्फत जानकारी दिनुभयो। महिला भलिवल अन्तरगत बेनीमा आएका खेलाडीहरु अभ्यासमा ब्यस्त छन् उहाँले बताउनुभयो ।