कावासोती । राप्रपाका नवलपुर जिल्ला अध्यक्ष बिष्णु प्रसाद अधिकारीले नवलपुरको क्षेत्र नंबर २ बाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दर्ता गरेका छन् ।
कावासोतिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेद्वारी दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकारीलाई नवलपुर संघीय २ नम्बर क्षेत्रको उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता बिष्णु कुमार कार्की र नेकपा एमालेबाट तिलक महतले उम्मेद्वारी दर्ता गरेका छन् ।