२०८२ अषाढ १०, मंगलबार
नयाँ
पछिला अपडेट

कांग्रेसका बागी उम्मेदवार चित्र जिसी डां शशाकं कोइरालासँग चुनाव लड्दै

२०७९ आश्विन २४, सोमबार प्रकाशित ( साल अघि) ११६१ पाठक संख्या

देवचुली । नवलपरासी बर्दघाटन सस्त पूर्वका युवा व्यवसायी चित्र जिसीले कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिनुभएको छ ।

उनले आइतवार कावासोती नगरपालिकामा गएर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गर्नु भएका जिसीले नेपाली कांग्रेसका पूर्व महामन्त्री डां शशाकं कोइरालासँग चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस अघिको निर्वाचनमा तिनै शशाकं कोइरालालाई जिताउन ज्यान दिएर हिड्नु भएका जिसीले यो पटक उनकै विरुद्धमा उम्मेदवारी दिनुभएको छ ।

जिसी होटल र पर्यटनको क्षेत्रमा रहेर व्यवसाय गर्दै आउनु भएको थियो । यस क्षेत्रमा युवाहरु माझ अत्यन्तै लोकप्रिय जिसी कांग्रेसमा पनि उत्तिकै लोकप्रिय मानिनुहुन्छ ।

उहाँले प्रतिनिधिसभामा युवाहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुले उम्मेदवारी दिएको र आफनो जित निश्चित भएको बताउनु हुन्छ । उहाँ रजहर जेसीजका पूर्व अध्यक्षसहित विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व गरिसक्नु भएको छ ।

FB_IMG_1665349572287

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%२%

प्रतिक्रिया दिनुहोस