२०८२ भाद्र १, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको बाढी क्षेत्रमा निवर्तमान सांसद महत,नगर प्रमुख भिमलाल सहितको टोलीद्धारा अवलोकन

२०७९ आश्विन २०, बिहिबार प्रकाशित ( साल अघि) ११३१ पाठक संख्या

कावासोती । नवलपुर क्षेत्र नं २ का निवर्तमान सांसद तिलक महत सहितको टोलिले नदी तथा खोलाहरुमा पानीको सतह बढेर जोखिम बढेको भन्दै नारायणी नदि तथा खोलाहरुको स्थलगत अबलोकन गरेका छन् ।

महत लगायत जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, मध्यविन्दुका नगर प्रमुख भिमलाल अधिकारी, कावासोती उप प्रमुख फूलकुमारी थनेत,नेकपा एमाले कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गाना सहितको टोलीले नारायणी तटिय क्षेत्र सहित कावासोती तथा मध्यविन्दुका विभिन्न स्थानको अवलोकन गरेका हुन् ।

मंगलबार रातिदेखि अविरल रुपमा परेको वर्षालेनदी तथा खोलाहरुमा पानीको सतह बढेर जोखिम बढेपछि तटिय क्षेत्रको अवस्थाको बारेमा अबलोकन गरिएको छ । नारायणी नदिले पुर्याएको क्षती र आगामी दिनमा पुर्याउन सक्ने क्षतीको पूर्वानुमान गरि यसको रोकथामकालागि लागि योजना बनाउन नदि तटिय क्षेत्रको निरिक्षण गरिएको हो ।

साँझ ७:३० बजे गरिएको मापन अनुसार नारायणी नदी देवघाटमा पानीको तह ९ दशमलव २७ मिटर पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

देवघाटमा ९ मिटरलाई सतर्कता तह मानिन्छ । पानीको वहाव निरन्तर बढीरहेको भन्दै महाशाखाले नवलपुरको तटिय क्षेत्र आसपासका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस