२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बसमा यात्रा गर्ने क्रममा यात्रुको पैसा चोरी गर्ने दुई महिला पक्राउ

२०७९ आश्विन १८, मंगलबार प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

कावासोती  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको नारायणगढ–बुटवल सडकखण्डमा सवारी साधनमा चोरीका घटना हुने गरेको पाइएको छ । बसमा चोरी गर्दै गरेको अवस्थामा दुईजना महिला पक्राउ परेका छन् ।

देवचुली नगरपालिका –१५,प्रगतिनगरबाट उनिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट नगद रुं ४० हजार बरामद गरेको जनाएको छ ।

बसमा यात्रा गर्ने क्रममा  पर्सा विरगंज महानगरपालका –९ बस्ने २० वर्षीय संगिता मुसहर र सोहि ठाउँ बस्ने २१ वर्षीय फूलकुमारी मुसहरलाई पक्राउ गरिएको नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकलले बढी भीडभाड हुने स्थान, सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिनुभएको छ । उहाँले चोरी भए वा चोरी गरेको शंका लागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह समेत गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस