२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा जेष्ठ नागरिकहरु सम्मानित

२०७९ आश्विन १७, सोमबार प्रकाशित ( साल अघि) ३०९ पाठक संख्या

देबचुली । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा देवचुली १२ ले ८० बर्ष माथिका जेष्ठ नागरिक र अशक्तहरुलाई सम्मान गरेको छ । शनिबार देवचुली १२ का वडाध्यक्ष लोक प्रसाद भुर्तेलले वडाका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरि सम्मान गर्नुभएको थियो ।

उहाँले जनप्रतिनिधि भएपछि यस आर्थिक बर्षको वडाको पहिलो काम जेष्ठ नागरिकलाई सम्मान गरि सुरुवात गरिएको बताउनुभयो ।

भुर्तेलले जेष्ठ बुबा–आमाले दिनुभएको आशिर्वादले आगामी दिनमा अझ थप काम गर्न हौसला मिलेको र छिट्टै देवचुली १२ लाई नगरकै नमूना वडा बनाउन तर्फ लाग्ने पनि बताउनुभएको थियो ।

कार्यक्रममा उपस्थिति जेष्ठ बुबा–आमाले जनप्रतिनिधिहरुले गरेको सम्मानले खुसि मिलेको बताउंदै अझै थप उर्जा मिल्दै जाहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

देवचुली १२ मा रहेका ७० जना जेष्ठ नागरिकहरुलाई घर–घरमै गएर फलफूल, बल्याङ्केट र हर्लिक्स वितरण गर्दै सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस