२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

हतियार बुझाउन नवलपुर प्रशासनको आग्रह

२०७९ आश्विन १७, सोमबार प्रकाशित ( साल अघि) ३६६ पाठक संख्या

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले आफूसँग भएको हातहतियार बन्दुक बुझाउन नागरिकलाई अनुरोध गरेको छ ।

आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे बताए ।

जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचनपश्चात् फिर्ता हुने गरी २०७९ कार्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस