२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासाेतीमा राष्ट्रिय वाणिज्य बैंकले २ दिन नयाँ नाेट साट्ने

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित ( साल अघि) २८३२ पाठक संख्या

कावासाेती । कावासाेतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नजिकै गरेको चाडपर्वलाई लक्ष्यित गरि दुई दिन नयाँ नाेट सटही गर्ने भएको छ ।

विशेष गरि दशैमा नयाँ नाेट प्रयाेग गर्ने प्रचलन रहेको छ । साेहि अनुसार बैंकले असाेज ११ र १२ गते दुई दिन विहान १०:३० बजे देखी दिउँसो १:०० बजे सम्म नयाँ नाेट सटही गर्ने एक सूचना प्रकाशित गरि जानकारी गराएको छ ।

प्रतिव्यक्ति १८,५०० नयाँ नाेट सटही गर्ने र थोरै रकम चाहिने ग्राहकहरु एक आपसमा मिलेर आउन समेत बैंकले अनुराेध गरेको छ । बालबालिकाहरुलाई नयाँ नोट सटही नगरिने समेत बैंकले जनाएको छ ।

IMG_20220922_092602

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस