२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

विकासका काममा आफैँ खट्छन् : वडाअध्यक्ष रामभक्त अधिकारी

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित ( साल अघि) १५२९ पाठक संख्या

कोल्हुवा । विकासका लागि जनसहभागितामा आधारित योजना, दृढ इच्छा शक्ति र निस्वार्थ भावनाले जनताको सेवामा तल्लीन भएकै कारण मध्यविन्दु नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामभक्त अधिकारी जनताका माझ लोकप्रिय हुदै गएका छन् ।

सरल स्वभावका अधिकारी बिहिवार दिउसो आलोक चक्रपथ बाटो ग्राभेल सम्याउने कार्यमा डोजर चालकलाई कामको बारेमा सघाइरहेका थिए । जनताको काम आफ्नै काम सरह ठानेर वडाअध्यक्ष कहिले बेल्चा बोकेर बाटो सम्याउन र कहिले बाटोका झाडीहरु फाँड्ने रुख काट्न स्वयं आफै अग्रसर भएर हिड्ने गरेका छन् ।

Screenshot_20220922 233152_Facebook_copy_540x450

अधिकांश वडाबासीहरुले वडानम्बर–२ मा भरपर्दो, विश्वासिलो र विकास प्रेमी वडाअध्यक्ष पाएकोमा गर्व गर्छन् । वडाअध्यक्ष अधिकारीले विकास निर्माणको सवालमा सत्तापक्ष, प्रतिपक्ष जोसुकै होस् सबैसँग सहकार्य र सहभागिता जुटाएर गर्ने गरेको बताइन्छ ।

संघीय, प्रदेश र स्वयं मध्यविन्दु नगरपालिकाको स्रोतले आफ्नो वडाको विकासका लागि पहल गर्ने परिपाटीको विकासमा आफूले कुनै कसर नराखी जनताको विकासको चाहनालाई मध्यनजर गरेर काम गर्ने वडाअध्यक्ष अधिकारी बताउँछन् ।

Received_3039182809573006_copy_1000x622

नेकपा एमालेबाट लोकप्रिय मत पाएर वडाअध्यक्षमा विजयी भएका अधिकारीले भने, ‘विकास निर्माणका हरेक कार्यमा प्रतिपक्षी दलका साथीहरु र वुद्धिजीवीहरुको राय लिएरनै गर्ने गरेको छु ।’ वडाअध्यक्ष अधिकारी जस्तै जनताको असल सेवक बन्नेतर्फ सबै जनप्रतिनीधिहरु लाग्ने हो भने स्थानीयदेखि सबै तहमा विकास र सुशासनमा व्यापक सुधार र प्रगति आउन सक्ने जनताको विश्वास रहेको छ ।

20220606_101244_copy_972x448_copy_486x224

20220606_101552_copy_1011x466_copy_505x233

Screenshot_20220922 233241_Facebook_copy_537x477

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%११%८%१%१%४%

प्रतिक्रिया दिनुहोस