२०८३ श्रावण ३, आईतबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु बहुमुखी क्याम्पसमा ट्रेड फेस्टिबल सुरु

२०७९ आश्विन ६, बिहिबार प्रकाशित ( साल अघि) ७३८ पाठक संख्या

कावासोती । मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोतिमा एम.एम.सि ट्रेड फेस्टिबल-२०२२ सुरु भएको छ । बिहिबार एक औपचारिक कार्यक्रम गर्दै मेलाको शुभारम्भ गरिएको हो।

भाद्र ६ र ७ गते संचालन हुने यस ट्रेड फेस्टिबलमा क्याम्पसको बि.बि.ए संकाय अन्तर्गत पाँचौ र सातौ सेमेस्टरका बिधार्थिहरुले स्टेशनरी, कस्मेटिक, फास्ट फुड, बेकरी, सेलरोटि, इलेक्ट्रोनिक, आइसक्रीम, खेल लगाएतको १५ वटा विभिन्न किसिमका स्टलहरु राखेका छन।

 

कोर्स भित्रको कुरालाइ पढाएर मात्रै नपुग्ने भएकोले प्रयोगात्मक रुपमा ब्यबहारिक ज्ञान दिन र बिद्यार्थीहरुलाइ उधमशिल हुन प्रेरित गर्नका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख गणेशमान गिरिले बताउनु भयो।

 

त्यसैगरी यस किसिमको वास्तबिक बिजनेस अभ्यास बाट बिद्यार्थीहरुलाइ मार्केट ट्रेन्ड बारे बुझ्न, ब्यकस्थापकिय क्षमता अभिवृदी गर्न, ग्राहकको सृजना तथा ग्राहकको सन्तुष्टि कसरी पूरा गर्ने भन्नेबारे सिक्न एवं उधमशिलताको बिकास कसरी गर्ने भन्ने बारे बुझ्न फाइदा पुग्ने बि.बि.ए कार्यक्रम प्रमुख ऋषि कान्त पराजुलीले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस