२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जापानिज ईन्सेफलाइटिस रोगबाट ४ जनाको मुत्यु, डेंगु रोगबाट ५९ जना संक्रमित

२०७९ आश्विन ५, बुधबार प्रकाशित ( साल अघि) ६९० पाठक संख्या

कावासोती पछिल्लो समय नेपालमा डेंगु, जापानिज ईन्सेफलाइटिस तथा अन्य किट जन्य रोगहरुको प्रकोप बढ्दै गएको छ । नवलपुर जिल्लामा अहिले डेंगु रोगबाट ५९ जना संक्रमित भएका छन् भने जापानिज ईन्सेफलाइटिस रोगबाट ६ जना संक्रमित भएका छन् । संक्रमित मध्य ४ जनाको मुत्यु भएको छ ।

अन्य स्थानहरुको तुलनामा नवलपुरको हकमा यस्ता रोगहरुको प्रकोप सामान्य रहेको नवलपुर स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले बताउनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख चापागाईका अनुसार डेंगु रोगको प्रकोप न्युन रहे पनि बेलैमा सजक नभए भयाभहक अवस्था सिर्जना हुन सक्ने बताउनु भएको छ ।

Received_3239293202951063

त्यस्तै कोरोनाबाट मुत्यु भएकाहरुलाई प्रतिव्यतिm ५० हजार वितरण गरर्ने अभियान अन्र्तगत जिल्लामा १ सय ७७ जना परिवारलाई प्रदान गरिएको बताउनु भयो । (मंगलबार) कावासोतिमा पत्रकार एवं अन्य सरोकारवालाहरुलाई डेंगु, जापानिज ईन्सेफलाइटिस तथा अन्य किट जन्य रोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालका विशेषज्ञ डा.कमल राज न्यौपानेका अनुसार डेंगु रोग भन्दा अझ बटि जोखिम जापानिज ईन्सेफलाइटिस रोग रहेको बताउनु भएको छ । यसको उपचारका लागी परिक्षण गर्ने सम्मेत काठमाडौँ लान पर्ने बताउनु भयो । डा.न्यौपानेका अनुसार जापानिज ईन्सेफलाइटिस रोग प्रभावितलाई कुनै पनि लक्षण नदेखिन पनि सक्छन् वा अन्य रोगहरुका लक्षणहरु – जस्तोकि ज्वरोआउने, झाडापखाला लाग्ने, टाउको दुखने र बान्ता हुने, कमजोरी महसुस हुने जस्ता धेरै किसिमको समस्या देखा पर्ने गर्छ ।

Received_500375548575981

जापानिज ईन्सेफलाईटिसका खतराका लक्षणहरु जस्मा नसा सम्वन्धि समस्या ल्याउने र यसको असर पछि सम्म रहिरहने पहिलाको पुरानो अवस्था ल्याउन नसकिने अवस्था हुन सक्ने बताउनु भयो ।

यी दुबै रोग लामखुट्टेको टोकाइबाट सरर्ने गर्छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नु यसको मुख्य रोकथाम रहेको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस