२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

२०७९ भाद्र २६, आईतबार प्रकाशित ( साल अघि) ६९२ पाठक संख्या

नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ । कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस