२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

बैंकिङ चेतनाका लागि सिटिजन्स बैंक कोल्हुवा शाखाले गर्यो घरदैलो कार्यक्रम

२०७९ भाद्र २५, शनिबार प्रकाशित ( साल अघि) ११३१ पाठक संख्या

कोल्हुवा ।  सिटिजन्स बैङ्क कोल्हुवा शाखाले वित्तीय साक्षरता टेवा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरेको छ ।

बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व तथा वित्तीय सारता अभियानलाई निरन्तरता दिएको हो । हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गर्ने तथा बैंक खाताको महत्व दर्शाउँदै सिटिजन्स बैङ्क कोल्हुवा शाखाले १ दिने घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

Received_1218805925634858

सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Received_1150987758880925

यो कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस