२०८२ जेष्ठ ३, शनिबार
नयाँ
पछिला अपडेट

अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

२०७९ भाद्र २३, बिहिबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ ।

युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष ८ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ ।

साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् ।  शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्यांकनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस