२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदी पुलबाट हामफालेर एक युवक बेपत्ता

२०७९ भाद्र २१, मंगलबार प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

चितवन । नारायणी नदी पुलबाट हामफालेर एक पुरुष वेपत्ता भएका छन । परिचय नखुलेका अन्दाजी ३० बर्षीय पुरुष आज बिहान हामफालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी पुलबाट बिहान ९ बजेर १० मिनेटमा उनले हामफालेका थिए ।

उनको खोजी कार्यको लागि वडा प्रहरी कार्यालय नारायणगढ प्रहरी नायब निरीक्षक सहितको विपद उद्धार टोलीले खोजतलास जारी राखेको छ । हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस