२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकाका जनप्रतिनिधिहरुको १०० दिनका प्रमुख कार्य तथा उपलब्धिहरु सार्वजनिक

२०७९ भाद्र २०, सोमबार प्रकाशित ( साल अघि) ९२२ पाठक संख्या

देवचुली । नवलपुरको देवचुली नगरपालिकाले आफ्नो कार्यकालको १०० दिनका कार्यहरुलाई सार्वजनिक गरेको छ । देवचुलीका नगर प्रमुख हरि प्रसाद न्यौपानेले आफ्नो नेतृत्वमा जनप्रतिनिधि भएर १०० दिनमा गरेका महत्वपुर्ण उपलब्धीहरुलाई ४५ बुँदामा समेट्दै आज (आईतबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभएको हो ।

न्यौपानेले आफु नेतृत्ववान भर नगरको समग्र विकासका लागि “आर्थिक विकास र स्वरोजगार: समृद्ध देवचुली निर्माणको आधार” भन्ने मुल नारालाई आत्मसाथ गदै विभिन्न कार्ययोजना बनाई उहाँले कार्यान्नवयनमा ल्याउने बताउनुभयो ।  त्यो संगै अब छिट्नै देवचुली नगरबासिहरुलाई आफ्नै नगरभित्र सर्प सर्पदंशको उपचार पाउने व्यवस्था मिलाईने समेत जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख पार्वता तिवारीले आफुहरुले शिक्षा स्वास्थ्य र कृषीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले नगरले आर्थीक वर्षमा कुनै पनि दस्तुर तथा शुल्कहरु बृद्धि नगरी सबैलाई करको दाएरामा ल्याएको बताउनुभयो ।

त्यस्तै अव भने नगरका वडाहरुमा कर तिर्नका लागी डिसिजटल भुक्तानीको व्यव्सथा मिलाएको पालिकाका प्रमुख प्रसाशकीय अधिकृत मोहन मरासिनिले जानकारी गराउनुभयो ।  फोहोरको दिगो व्वस्थापनका लागि आफुहरु लागि परेको बताउदै त्यसको लागी उचित स्थानको खोजी गरेको  बताउनुभयो ।

स्थानीय तहको निर्वाचन २०७९ पश्चात देवचुली नगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरुको १०० दिनको उपलब्धिहरु

१. २०७९ जेठ ६ गते पदभार ग्रहण गरेका दिन महत्वपूर्ण घोषणाको कार्यान्वयन पक्ष

क) भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासका नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक बजेट, नीतिगत व्यवस्था र कर्मचारीको नियुक्ति गर्ने घोषणा गरिएकोमा अमिन–२ जना, डाटा प्रविष्टिकर्ता – ४ जना र डाटा रुजुकर्ता–१ जना गरी ७ जना कर्मचारी नियुक्ति गरी भूमिहिन दलित र भूमिहिन सुकुम्बासी १४८४ निवेदन मध्ये १३४९ (९०.९ प्रतिशत ) डाटा इन्ट्री गरिएको छ र जिल्ला भूमि आयोगलाई देवचुलीबाटै काम थालनी गर्न आग्रह गरिएको छ । नगरपालिकाको तर्फबाट गर्नु पर्ने पहल र तयारीका काम प्राथमिकता दिएर गरिएको छ ।

ख) जेष्ठ नागरिकहरुलाई वर्षमा २ दिन घरघरमा गई स्वास्थ्य परिक्षण गर्ने प्रतिवद्धता गरिएकोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने कार्यविधि : २०७९ तर्जुमा गरि २०७९ भाद्र १९ गते(आज) बाट शुभारम्भ गरिएको छ ।

ग) रगत आवश्यक पर्ने विरामीलाई ब्लड बैंकले लिने रगतको भण्डारन वापत लाग्ने दस्तुर नगरबाट उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गरिएको छ ।

२. आ.व. ०७८/०७९ का सम्पन्न हुन बाँकी योजनाहरु अनुगमन तथा सम्पन्न गर्न जनशक्ति परिचालन गरि सम्पन्न गरिएको छ ।

३. २०७९ जेठ र असारमा आ.व. २०७९/०८० को बजेटका लागि वडा तथा टोल भेला सम्पन्न गरिएको छ ।

४. आ.व.२०७९/०८० को नीति, कार्यक्रम र बजेटका सम्बन्धमा २०७९ जेठ ३१ गते राजनैतिक दल, पूर्व जनप्रतिनिधि र उपविजेता उम्मेदवार तथा नागरिक समाजबाट सुझाव संकलन गरियो ।

५. २०७९ असार १० मा नगरसभा सम्पन्न र सर्वसम्मतीबाट “आर्थिक विकास र स्वरोजगार ः समृद्ध देवचुली निर्माणको आधार” श्लोगन तय गरी कूल रु. ७४ करोड १३ लाख ४८ हजार बजेट सहित नीति तथा कार्यक्रम पारित गरिएको छ ।

६.यस आ.व. मा कुनै दस्तुर तथा शुल्क वृद्धि गरिएको छैन ।

७. यस अवधिमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासक्षेत्रमा जग्गाधनी प्रमाणपूर्जा वितरण छिटो गर्न तथा नगरपालिकाको समग्र विकासका योजना समेत पेश गर्न गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत संघ तथा प्रदेशका माननीय मन्त्री तथा मन्त्रालयका विशिष्ट कर्मचारीहरुलाई भेटी पहल गरिएको छ ।

८. २०७९ जेठ ६ पश्चात पारित भएका ऐन तथा कार्यविधिहरु :

क) वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण कार्यविधि : २०७९

ख) लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी नीति : २०७९

ग) जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने कार्यविधि : २०७९

घ) साझेदारी कार्यक्रम संचालन कार्यविधि : २०७९

ङ) घाँस खेती गर्ने कृषकहरुलाई गोबर मलमा अनुदान वितरण कार्यविधि : २०७९

च) संस्था दर्ता तथा नविकरण कार्यविधि : २०७९

९. नगरपालिकाको व्यवस्थित संचालनका लागि न्यायिक समिति, विषयगत समितिहरु, लेखा समितिको सर्वसम्मतीबाट चयन गरिएको छ ।

१०. खेलकूद क्षेत्रको प्रवद्र्धनको लागि नगरस्तरीय खेलकूद विकास समिति गठन गरिएको छ ।

११. वडा नं. १३ दलदलेमा सार्वजनिक ऐलानी जग्गा करिब ९ बिगाह जमीन सम्बन्धित मोहीहरुबाट छोडपत्र गरी नवलपुर वनस्पति उद्यान तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा संरक्षण गरिएको छ ।

१२.  वर्षातको समयमा बाढीका कारणले क्षति पुगेका स्थानहरुमा जोखिम न्यूनिकरणमा विशेष प्राथमिकता साथ मेयर विपद व्यवस्थापन कोषबाट खोलामा तटबन्ध, खानेपानी र नहरका मुहान संरक्षण, कल्भर्टहरु निर्माण, खोलाबाट हुनसक्ने क्षती कम गर्न एक्साभेटर लगाउने, नहरमा अल्पकालीन हेरालुको व्यवस्था गर्ने लगायतका विभिन्न कार्यहरु गरिएको छ ।

१३. रोपाइको समयमा कृषकलाई लक्षित गरी ट्याक्टर भाडा दररेट कायम गरि एक रुपता ल्याइएको छ ।

१४. वडाध्यक्ष र वडा सचिवलाई काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण तथा अन्य कर्मचारीहरुलाई क्षमता विकास तालिम संचालन गरिएको छ ।

१५. नेपाल सरकारले आयोजना गरेको जनप्रतिनिधि र संवैधानिक अधिकार प्रयोग र भूमिका विषयक गोष्ठीहरुमा सहभागिता जनाइएको छ ।

१६. फोहोर व्यवस्थापनलाई समय मै फोहोर उठ्ने गरी रुटिङ  सार्वजनिक गरिएको र सोही अनुसार कार्यान्वयन समेत गरिएको छ ।

१७. जिल्ला भूमि आयोग छिटो गठन गर्नका लागि पहलकदमी गरेको र गठन भै सके पछि अन्तरक्रिया तथा छलफल गरी देवचुलीबाटै काम थाल्न आग्रह गरिएको छ ।

१८. वडा नं. २ पुनर्वास टोलमा रहको जग्गा नापजाँच सम्बन्धित व्यक्तिहरुलाई लालपूर्जा वितरणका लागि राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरबाट पत्राचार गरिएकोमा उक्त कम्पनीबाट नापजाँचको कार्ययोजनामा समावेश भएको छ ।

१९.       निजीक्षेत्रको लगानी बढाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतका पदाधिकारीसंग २०७९ श्रावण १५ मा वृहत अन्तरक्रिया गरिएको छ । साथै पर्यटन प्रवद्र्धनका निम्ति देवचुली डाँडामा केबलकार संचालन गर्न निजी क्षेत्रलाई आमन्त्रण गरि लगानीमैत्री वातावरण निर्माणको प्रयाश गरिएको छ ।

२०.आन्तरिक र अन्तरपालिका छलफल गरी नदी जन्य पदार्थको सदुपयोगका लागि प्रकृया थालनी हुने क्रममा रहेको छ ।

२१. संघ तथा प्रदेशबाट विनियोजित रकममा नियमानुसार समपुरण गरी विपन्न जनता आवास निर्माण (२१ वटा घर) रु. १ करोड ५० लाख ,  नगरस्तरीय रिङ्गरोड २ करोड २० लाख,  बौलाहखोला तटबन्ध  रु १ करोड ४० लाख, झराही खोला तटबन्ध रु. ८० लाख, लगायतका गौरवका योजनाको ठेक्का निकाल्ने प्रकृया थालनी गरिएको छ ।

२२.देनपा ७ सेन्टर प्लट खेलमैदानमा संघबाट परेको ८ लाखमा नगरबाट १२ लाख म्याचिङ्ग गरि काम अगाडी बढाइएको छ

२३. वडा नं.४ र १६ जोड्ने पक्की पुलको डिपिआर सम्पन्न भएको छ भने वडा नं. ५ र १२ जोड्ने पक्की पुल निर्माणको निम्ति टेण्डर प्रकृया सुरु भएको छ ।

२४. दलदले मुण्डे सडक खण्डको सरसफाइ र खाल्टा खुल्टी मर्मतको काम गरिएको छ भने दलदले कुमसोत खण्डको आधुनिक डबललेन सडक निर्माणका लागि पहल भै केही समय पछि काम थालनी हुदैछ ।

२५. बौलाहा खोलाको नदीजन्य उत्खनन सम्बन्धी २ वटा, देउसत खोलामा वडा ७ मा ड्याम निर्माण १ वटा र बाह्रकोल सडक गरी  ४ वटा IEE रिपोर्टहरु स्वीकृति कार्यान्वयनको प्रकृया अगाडि बढाइएको छ ।

२६. महेन्द्र राजमार्गको देवचुली खण्डको सडक कालोपत्रे कामका लागि ADB का प्रतिनिधि, ठेकेदार कम्पनी र सडक डिभिजनका प्रतिनिधिलाई नपामा बोलाई २ चरणमा छलफल गरिएको र तत्काल काम सुचारु गर्ने प्रतिवद्धता व्यक्त भएको छ  ।

२७.विद्यार्थी भर्ना अभियान  २०७९ सम्पन्न गरेर विद्यार्थी विवरण (IEMIS) अपडेट गरिएको र शिक्षा इकाइ, रोष्टर प्रशिक्षक तथा देवचुली नपाबाट संयुक्त विद्यालय र कक्षा अवलोकन गरिएको छ र विद्यालय बाहिर रहेका विद्यार्थीलाई खोजी गरी विद्यालय भर्ना गर्ने काम थालनी गरिएको छ ।

२८. पाठ्यपुस्तक, पोशाक तथा शैक्षिक सामग्री अभावमा कोही विद्यार्थी विद्यालय बाहिर नरहुन भनी सिमान्तकृत, गरिब विपन्न सहायता प्रारम्भ गरिएको छ । साथै विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराई व्यक्तित्व विकासमा टेवा पु¥याउने कामको थालनी गरिएको छ ।

२९. यस अवधिमा ३१ जनालाई अपाङ्गता परिचय पत्र वितरण, १ जोर बैशाखी वितरण र १ जनालाई कृतिम खुट्टाका लागि आर्थिक सहयोगबाट अपाङ्गता क्षेत्रमा कामको थालनी भएको छ ।

३०. देवचुली उद्योग वाणिज्य संघ समेतको सहकार्यमा नगरका विभिन्न बजार क्षेत्रमा २०७९ भाद्र १६ देखि व्यवसाय दर्ता तथा नविकरण शिविर संचालन गरिएको छ ।

३१. नगरक्षेत्रका १२९ टोल विकास संस्थाका पदाधिकारीलाई मलेरिया र डेङ्गो रोग सम्बन्धी अभिमुखिकरण तथा असार १७ देखि २३ सम्म सरसफाइ अभियान चलाएर लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियान संचालन गरियो ।

३२. २०७९ भाद्र देवचुली स्वास्थ्य चौकीलाई (वडा नं.७ र ८) पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

३३. दुम्कौली अस्पतालबाट नियमित रुपमा बिमा सेवा दिइएको छ र २ जना हेल्थ असिष्टेण्टबाट आकस्मिक सेवाको प्रवन्ध मिलाइएको छ ।

३४. वडा नं.५ बन्दीपुरमा आधारभूत स्वास्थ्य सेवा भवन निर्माण सम्पन्न गरिएको छ ।

३५. ट्रमासेण्टरको लागि जग्गा व्यवस्थापन कार्यदल बनाइएको छ ।

३६. वडा नं.४ मा अस्थायी प्रहरी चौकी स्थापनाका लागि आवश्यक निर्णय र सम्बन्धित निकायमा पत्राचार गरी पहल गरिएको छ ।

३७. नगरक्षेत्रको वडा नं.१ र २ मा जापानीज इन्सेफलाइटिस रोग देखा परेकोले सचेतना अभियान संचालन गरिएको छ ।

३८. बालमैत्री : देवचुलीको गौरव पुनरावलोकनको काम थालनी गरिएको छ ।

३९. महिला सहकारीसँगको सहकार्यमा तीज गीत प्रतियोगिताहरु संचालन गरिएको छ ।

४०. कृषि र पशुपालनको क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्न विभिन्न चरणमा विज्ञहरुसँग परामर्श गरिएको छ । कृषि र पशुपालनको क्षेत्रमा रहेका कृषकहरुको उत्थानका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने काम अगाडि बढाइएको छ । कार्यविधिहरु निर्माण गरिएको छ । र सबै वडामा वडायक्षको संयोजकत्वमा कृषि समिति गठन गरि सकिएको छ । कृषि र पशुजन्य उत्पादन वृद्धि, उत्पादनको संकलन, बिक्रि वितरण, व्यवस्थित बजारिकणका निम्ति  संस्थागत साझेदारीमा कृषि उपज संकलन तथा बिक्रि केन्द्र स्थापना गर्ने योजना निर्माण भएको छ ।

४१. पूर्ण हरियो घाँसमा आधारित पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने योजना अनुसार घाँस रोप्नका लागि खाली जमीनको लगत लिने काम सुरु गरिएको छ । कृषि  र पशुपालनलाई बढावा दिई दुध, मासु र खाद्यान्नमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवस्थित योजना निर्माण गरिएको छ ।

४२. चितवन राष्ट्रिय निकुञ्जसंग नगरपालिकाले सम्वाद र अन्तरक्रिया गरी नदीजन्य पदार्थ (ढुंगा, गिटी र वालुवा) सरल र सहज तरिकाले उपयोग गर्ने व्यवस्था मिलाइएको छ ।

४३. निकट समय मै जनताको अपेक्षा र गुनासोलाई सम्बोधन गर्ने गरी जनतासंग मेयर कार्यक्रम संचालन गरिने छ र यसको तयारी अन्तिम चरणमा पुगेको छ ।

४४. न्यायिक समितिमा १६ वटा उजुरी दर्ता भएका मा अघिल्लो आ.व को ११ वटा र यस आ.व को ५ वटा गरी १६ वटा उजुरी फच्छौट भएको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापनको लागि निर्णय भई आवश्यक कार्य अगाडि बढाइएको छ । साथै नगरपालिकाको तर्फबाट मुद्धा मामिला तथा न्यायिक कार्य गर्नका लागि कानुनी सल्लाहकार नियुक्त गरिएको छ ।

४५. नगरपालिकाका भित्र शाखा प्रमुख कक्षामा इन्टरकम जडान सम्पन्न भएको छ । साथै  सेवाग्राहीहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्न सबै वडा कार्यालय र नगरपालिकामा संकलन हुने राजश्वलाई पारदर्शि र सुशासन कायम गन अनलाइन QR Code बाट राजश्व तिर्न कार्य अन्तिम चरणमा पुगेको छ ।

FB_IMG_1662326333696

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस