२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

एमाले नवलपुरले आज उम्मेद्वार बन्न इच्छुककाे नामावली संकलन गर्ने

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) १२३६ पाठक संख्या

कावासोती ।  नेकपा एमाले नवलपुरले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको इच्छुक उम्मेद्वारको नामावली आगामी भाद्र १९ गते संकलन गर्ने भएको छ ।

एमाले जिल्ला उप सचिब भीमलाल कण्डेलका अनुसार प्रतिनिधि सभा क्षेत्र नं। १ र प्रदेश सभा १ को क र ख को देवचुली नगरपालिकाको देवचुली पाटी प्यालेसमा र प्रतिनिधि सभा क्षेत्र नं। २ र प्रदेश सभा १ को क र ख को कावासोती –१६ डण्डामा रहेको अग्यौली पुस्तकालयमा दिउसो १ बजे उम्मेद्वार छनौट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले केन्दीय कमिटिको हालै सम्पन्न उम्मेद्वार छनौट मापदण्ड अनुसार उम्मेद्वार छनौट गरिने भएको छ ।  नवलपुरमा सर्वसम्मत नामावली पठाउने गृहकार्य भएको एमाले नेताहरुले बताएका छन् । केन्द्रीय उम्मेद्वार छनौट मपदण्ड अनुसार एक क्षेत्रबाट १ महिला सहित ३ जनाको नाम जिल्ला कमिटीमा पठाईने प्रवधान रहेको छ ।भाद्र १९ गते छनौट भएका उम्मेद्वारहरुको नामावलीलाई भाद्र २० गते बस्ने जिल्ला कमिटीको बैठकले निर्णय गरी भाद्र २१ गते भित्र प्रदेश कमिटीमा र प्रदेशले २२ गते भित्र केन्द्रमा उम्मेद्वारहरुको नामावली पठाई सक्नुपर्नेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस