२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

राप्रपाले नवलपुर क्षेत्र नं २ बाट बिष्णु अधिकारीलाई उम्मेदवार बनाउने 

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

कावासोती  – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले बिष्णु प्रसाद अधिकारीलाई नवलपुर संघीय २ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

राप्रपाका जिल्ला अध्यक्ष समेत रहनुभएका समाजसेवि अधिकारीको गृहनगर पनि सोही क्षेत्रको मध्यविन्दु हो । राप्रपाका जिल्ला सचिव गुनाखर काफ्लेले बिष्णु अधिकारीको नाम क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र (क )  र (ख ) को बैठकले सिफारिस गरेको जानकारी दिनुभयो ।

सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता बिष्णु कुमार कार्की र नेकपा एमालेबाट सांसद् तिलक महत लड्ने चर्चा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस