२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर क्षेत्र नं:१ मा काँग्रेसबाट शशांक र विनोद चौधरी सहित ६ जनाको नाम दर्ता

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) १००५ पाठक संख्या

कावासोती । मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं: १ का लागि उम्मेद्वार बन्न १७ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये ६ जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका हुन् । काँग्रेस केन्द्रीय सदस्य तथा तीन पटक सोही क्षेत्रबाट विजयी बन्नुभएका डा.शशांक कोइरालाले समेत नाम दर्ता गराउनुभएको छ ।

त्यस्तै अर्बपति समेत रहनुभएका विनोद चौधरीले समेत यसै क्षेत्रबाट नाम दर्ता गराउनुभएको हो । त्यस्तै संघीय सांसद्का लागि हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीले नाम दर्ता गराउनुभएको छ ।

त्यस्तै समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि ११ जनाले नाम दर्ता गराउनुभएको छ । जसमध्ये प्रत्यक्षतर्फ नाम दिनुभएका हेमराज कोइराला र महेन्द्रभक्त अधिकारीको नाम समानुपातिकमा समेत रहेको छ ।

त्यस्तै समानुपातिकमा धनबहादुर मास्की राना, मैना कामी, भानु सिग्देल, विनाकुमारी थनेत, डा.गंगा सापकोटा , रामबहादुर खड्का, सत्यनारायण खनाल, प्रेमबहादुर विश्वकर्मा र प्रेमबहादुर विश्कर्मा (प्रकाश) रहनुभएको क्षेत्रीय समितिका सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो । उम्मेद्वार बन्न इच्छुकलाई क्षेत्रीय कार्यसमितिले आवेदन दिन आह्वान गरेको थियो ।

केन्द्रिय सदस्य समेत रहेका अर्बपति व्यापारी चौधरीले क्षेत्र नं २ मा समेत प्रतिनिधि सभा तर्फ आवेदन दिने उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार क्षेत्र नं २ को बार्गेनिङका चौधरीले क्षेत्र नं १ मा समेत आकांक्षी बनेर नाम दर्ता गराएको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%७%१%१%

प्रतिक्रिया दिनुहोस