२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

राष्ट्र बैंकले अर्को सातादेखि नयाँ नोट वितरण गर्ने

२०७९ भाद्र १८, शनिबार प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

नवलपुर ।

नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित नयाँ नोट वितरण गर्ने विषयमा छलफलको कार्यलाई तीव्रता दिइरहेको छ ।

सम्भव भएसम्म भदौ २९ गतेबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेबाटै नयाँ नोट दिने कि भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्र बैंकले हरेक वर्षको चाडपर्वमा नयाँ नोट वितरण गर्दै आएको छ। राष्ट्र बैंकका अनुुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट प्रतिव्यक्तिलाई १८ हजार ५०० रुपैयाँ दिइने छ ।

यसरी नयाँ नोट साट्ने स्थानको सूची भने राष्ट्र बैंकले भदौ २० गते मात्रै सार्वजनिक गर्ने बताएको छ । राजधानी बाहिर पनि बैंक तथा वित्तीय संस्थाका साथै राष्ट्र बैंकको प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने विभागले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस