२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा माध्यमिक तह स्तरीय वादविवाद प्रतियोगिता हुने

२०७९ भाद्र १८, शनिबार प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

चोरमारा ।  नवलपुरको मध्यविन्दु नगरपालिकाले ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसमा  माध्यमिक तह स्तरीय वादविवाद प्रतियोगिता गर्ने भएको छ ।

नगरको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण”भन्ने मुल नारा सहिद नगरको सम्पुर्ण माध्यमिक विद्यालयका विद्यार्थीहरु कम्तिमा १ छात्रा सहित बढीमा २ जना विद्यार्थी अनिवार्य सहभार्गी हुनु विद्यालयलाई अनुरोध गरेको छ ।

प्रतियोगि विद्यार्थीहरुलाई ३ वटा विषय मध्य कुनै एक विषय कार्यक्रम अगाबै तोकिने छ । जस्मा विद्यार्थीलाई मोबाईल वरदान कि अभिशाप,युवालाई रोजगार कि स्वरोजगार,धर्म सभ्यताको जननी कि रुढीबादी संस्कृति यी विषयमा आधारीत रहेर वादविवाद हुने छ ।
कार्यक्रम नगरपालिकाको सभाहलमा बिहान १० : ३० बजेबाट कार्यक्रम सुरु हुने बताईएको छ ।

 

प्रतियोगितामा प्रथम हुनेलाई ४ हजार र प्रमाणपत्र, द्वितीयलाई ३ हजार र प्रमाणपत्र, तृतीय लाई २ हजार र प्रमाणपत्र र सान्त्वनालाई प्रमाणपत्र सहित जनही १ हजार २ जनालाई प्रदान गर्ने  छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस