२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ४२८ पाठक संख्या

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु भएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले बिहिबार देवचुली वडा नं १७ फारम बजारबाट शिविर सुरु गरेको हो ।

पहिलो दिनको शिविरमा २१ वटा नयाँ दर्ता तथा ३२ वटा नवीकरण गरिएको छ । सो शिविरबाट करिब दुई लाख चालीस हजार राजश्व संकलन भएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताउनुभयो। सापकोटाका अनुसार बिहिबार सुरु गरिएको शिविर नगरका विभिन्न स्थानमा संचालन गरिनेछ ।देवचुली नगरपालिकाले १७ गते शुक्रबार रजहर बजार, १८ गते शनिबार सिजी गेट ,१९ गते आइतबार मुण्डे/कुमसोत,२० गते सोमबार धारापानीचोक/गैंडीचोक, २१ गते मंगलबार प्रगतिनगरबजार/पृथ्वीनगरचोक , २२ र २३ गते ( बुधबार/बिहीबार) दलदलेबजारमा व्यवसाय दर्ता तथा नवीकरण शिविर गर्ने सापकोटाले बताउनुभयो ।

बिहिबार सुरु गरिएको शिविरको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले अनुगमन गर्नुभएको थियो ।शिविरमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी , निवर्तमान अध्यक्ष रेशम सापकोटा लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस