२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा पन्ध्र दिने प्लम्बिङ्ग तालिम सकियो

२०७९ भाद्र १६, बिहिबार प्रकाशित ( साल अघि) ५०२ पाठक संख्या

कावासोती । नवलपरासी वर्दघाट सुस्ता पूर्व कावासोतीमा पन्ध्र दिने प्लम्बिङ्ग सम्बन्धि तालिम सकिएको छ । सिजी पोलिटेक्नीक र चौधरी फाउण्डेशनको संयूक्त आयोजनामा भदौ एक गतेबाट कालिगण्डकी प्राविधिक शिक्षालय कावासोतीमा सुरु भएको उक्त तालिममा कावासोतीका विभिन्न वडाका २३ जना यूवाहरुले तालिम लिएका थिए ।

बेरोजगार रहेका यूवाहरुलाई सिप प्रदान गर्ने र सिकेका सिपलाई व्यवहारमा उतार्न सहज गराउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । विहिवार नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति एवं मध्यविन्दु नगरपालिकाका पूर्व नगरप्रमुख चन्द्रबहादुर रानाको प्रमुख आतिथ्यतामा सो तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

Vlcsnap 2022 09 01 14h13m16s888 1068x601_copy_671x377

आयोजित सिप मुलक तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले यूवाहरुलाई सिप प्रदान गर्ने आयोजक चौधरी फाउण्डेशन र सिजी पोलिटेक्नीकललाई धन्यवाद ज्ञापन गर्दे सिकेको सिपलाई यूवाहरुले व्यवहारमा उतारेर केहि गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले यो सिप देशका हेरक क्षेत्रमा र विदेशमा समेत महत्वपूर्ण रुपमा लिएको हुदा कोहि पनि बेरोजगार हुने अवस्था नरहने बताउनुभयो ।

समापन कार्यक्रममा मध्यविन्दु नगरपालिकाकी पूर्व उपप्रमुख कुमारी महतोको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै महतोले चौधरी ग्रुपले नवलपुरमा धेरै लगानि गरेको र लगानि गरे अनुरुप यहाँका यूवाहरुलाई पनि केहि सिप मुलक तालिम प्रदान गर्नुपर्ने र उनिहरुलाई उद्यमी बनाउन सहयोग पुर्याउने उद्देश्यले आयोजना गरेको तालिममा सहभागिहरुले सफलता पूर्वक सिप विकास तालिमबाट सिप सिकेकोमा सहभागि र आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महतोले सिप विकास आफुलाई दैनिक जिवनमा आइ पर्ने आवस्यकताहरुलाई सहज रुपमा सम्पन्न गर्ने एक खालको माध्यम भएको हुदा पनि सिप आवस्यक रहेको बताउनुभयो । सिपले वेरोजगार समस्यालाई अन्त्य गर्ने हुदा सिप सिक्न यसलाई व्यवहारमा उतार्न आजको आवस्यकता समेत रहेको बताउनुभयो ।

कार्यक्रममा सिजी पोलिटेक्नीकलका तर्फबाट नन्द किशोर महतोले सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले सिजी पोलिटेक्नीकलले यो मात्र नभएर अन्य सिप मुलक तालिमहरु पनि संञ्चालन गर्ने बताउनुभयो ।

पन्ध्र दिन सम्म आयोजना गरिएको सिप मुलक तालिमबाट आफुहरुलाई व्यवहारिक र ज्ञान मुलक सिव प्राप्त भएको भन्दै सिप सिक्न आएका यूवाहरु उत्साहित बनेका थिए । कार्यक्रमको सहजिकरण सिजी पोलिटेक्नीकलका प्रिन्सीपल शिवहरी ढकालले गर्नुभएको थियो । चौधरी फाउण्डेशनले यस अघि पनि महिलाहरुलाई लक्षीत बलियो नेपालको सहकार्यमा बेकरी तथा लिटो बनाउने तालिम प्रदान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस