२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

(फोनिज ) नवलपुरद्धारा पत्रकार महासंघ नवलपुरलाई बुझायो ज्ञापन पत्र

२०७९ भाद्र १६, बिहिबार प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

कावासोती । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) नवलपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार फोनिज नवलपुरकी अध्यक्ष चन्दा गुरुङको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ नवलपुर मार्फत महासंघलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदाहुँदै पनि कृष्ण प्रसाद भट्टराइलाई संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विपत्ति जनाउदैे ज्ञापन पत्र बुझाइएको अध्यक्ष गुरुङले बताउनु भयो ।

२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई भएको उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापनपत्र मार्फत फोनिज नवलपुरले नेपाल पत्रकार महासंघसँग जोड्दार माग गरेको छ ।

यता नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले ज्ञापन पत्र बुझ्दै फोनिज नवलपुरले माग गरेका उक्त सम्बन्धित कुरा र ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताउनु भएको छ । उहाँले फोनिजका मागहरुको सम्बोधन हुने विश्वास दिलाउदै ज्ञापन पत्र तत्काल केन्द्रिय समितिमा पठाउने प्रतिबद्धता जनाउनु भएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) ले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार ७७ वटै फोनिज जिल्ला शाखाले पत्रकार महासंघ जिल्ला शाखा मार्फत केन्द्रीय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस