२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीको गैँडातालमा डुवेर १ युवतीको मृत्यु

२०७९ भाद्र १६, बिहिबार प्रकाशित ( साल अघि) ९४३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका– ८ अवस्थित गैंडा तालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती  नगरपालिका– ८ शान्ति टोल बस्ने राजु घिमिरेको पत्नी २० वर्षीया शिला घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिला गएराति साँझ १० बजेको समयमा घरबाट निस्केर हिडेको परिवारले जानकारी गराएको प्रहरीले जनाएको छ । घरपरिवार र स्थानीयले खोजतालास गर्दा आज बिहान ११ बजे तालमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।

उनले किन आत्महत्या गरिन् भन्ने बारेमा केहि खुलेको छैन । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दुमा ल्याइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%८%

प्रतिक्रिया दिनुहोस