२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रचण्डले भने- चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ

२०७९ भाद्र १३, सोमबार प्रकाशित ( साल अघि) ८४१ पाठक संख्या

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए । जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस