२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे

२०७९ भाद्र ७, मंगलबार प्रकाशित ( साल अघि) ८८८ पाठक संख्या

कावासोती । कवासोतीस्थित मध्यविन्दु जिल्ला सरकारी अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता बालकृष्ण घिमिरे मनोनीत भएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड क बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घिमिरेलाई ३ वर्षका लागि मध्यविन्दु अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनय गरेको हो ।

अध्यक्षमा मनोनित भएपछि घिमिरेले मानवीय सेवामा सक्रिय भएर लाग्ने बताए । यसअघि पनि मध्यविन्दु सामुदायिक अस्पताल हुँदा सचिव भएर काम गरेको अनुभव सुनाए ।

अस्पताल विकास समिति मनोनय भएका घिमिरेले आफ्नो ३ वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘विशुद्ध मानीय सेवाका लागि काम गर्ने अवसर प्राप्त भएको छ । इमानदारसँग जिम्मेवारी पुरा गर्नेछु । जनतालाई २४ घण्टा सेवा गर्ने अस्पतालको रुपमा विकास गर्छु । यस अघि भने जिल्ला अस्पताल व्यवस्थापन समितिकाे अध्यक्षमा डा. गाेपाल खनाल रहेका थिए । उनको ३ वर्षे अवधि सकिएपछि केही समय अघिबाट व्यवस्थापन समिति रिक्त थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस