२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु

२०७९ भाद्र ७, मंगलबार प्रकाशित ( साल अघि) १०१७ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस लागेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार देवचुली नगरपालिकाका दुई जनाको उपचारको क्रममा चितवनका अस्पतालमा मृत्यु भएको हो ।

एक जनाको सोमबार उपचारको क्रममा चितवनको अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको एक साताअघि मृत्यु भएको हो । उनीहरूको मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार अपराह्न जानकारी गराएको हो ।

यसबाहेक गैंडाकोटका एक जना र हुप्सेकोट गाउँपालिकाका अर्का एक जनामा पनि जापानिज इन्सेफलाइटिस लागेको बताइएको छ ।

दुवै जनाको चितवनका अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको चापागाइँले बताए । उनीहरू दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस