२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको प्रमुख प्रशासकीय अधिकृतमा पनेरु हाजिर

२०७९ भाद्र ६, सोमबार प्रकाशित ( साल अघि) ७५५ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाको नगर प्रमुखमा ज्ञानु प्रसाद पनेरु हाजिर भएका छन्।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका पनेरु सोमबार हाजिर भएका हुन्।

FB_IMG_1661178903929

प्रमुख प्रशासकीय अधिकृत पनेरुलाई नगर प्रमुख भिमलाल अधिकारि र उपप्रमुख पूर्णकला चौधरी , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव टेक प्रसाद पाण्डे लगायतले स्वागत गरेका थिए ।

यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा पनेरुले कार्यभार सम्हालि सकेका छन्।

FB_IMG_1661178886573

त्यस्तै भदौ २ गते मध्यविन्दु नगरपालिकाबाट बासुदेव खनालको बिदाई भएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा पनेरु सरुवा भई आएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस