२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर – २ बाट शंकर तिवारीको उम्मेदवारी घोषणा

२०७९ भाद्र ५, आईतबार प्रकाशित ( साल अघि) ८१३ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका तिवारीले मंसिर ४ गते हुने निर्वाचनका लागि ३ महिनाअघि नै आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आइतबार कावासोतीस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर तिवारीले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

तिवारीले संसदलाई कानुन अनुसार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । साथै राष्ट्रिय मुद्दालाई स्पष्टता दिन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

प्रदीप गिरीको जीवनकालमा उनीसँग निकट रहेर राजनीतिमा सक्रिय रहेका तिवारी पछिल्लो समय राजनीतिक विषयमा विश्लेषण तथा टिप्पणी पनि गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस