२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको बिकास सम्भव छ:मुख्यमन्त्री पोखरेल

२०७९ भाद्र ४, शनिबार प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

पवित्रा पराजुली

चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशलाई आधात्मीक एवम् धामिर्क पर्यटन मार्फत बिकास गर्न सम्भव रहेको बताउनु भएको छ । गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको प्रदेश भएको भन्दै उहाँले पर्यटन भित्र पनि आधात्मीक एवम् धार्मिक पर्यटन मार्फत यहाँको समृद्धि सम्भव रहेको बताउनु भएको हो ।

अरविन्द योग मन्दिर शाखा मध्यविन्दु–२ को आयोजनामा भएको महर्षि अरविन्दको एक सय ५० औं जन्मजयन्ती एवम् कृष्ण जन्माष्टमी कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नारायणी नदी आसपास रहेको धार्मिक स्थल देखि उत्तरमा अवस्थित हिमाली क्षेत्र सम्म रहेको धार्मिक क्षेत्रहरु गण्डकी प्रदेशको महत्वपूर्ण सम्पत्तीको रुपमा रहेको बताउनुभयो ।

उहाँले यहाँ रहेको गुरुकुलहरुमा यहाँको धर्म, संस्कृति, इतिहासको बारेमा अध्ययन गराउने र धर्मिक तथा आधात्मीक पर्यटनको बिकासमा लाग्नु पर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशको महत्वपूर्ण जिल्लाको रुपमा नवलपुर रहेको भन्दै दुम्कीबास त्रिवेणी सडक, झ्यालबास डेडगाउँ सडक लगायतका पूर्वाधार बिकासको लागि आफ्नो प्राथमिकता रहेको बताउनु भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तिलक महतले नेपाल योगभूमी भएको भन्दै यहाँको इतिहास र धार्मिक पहिचान स्थापित गर्न सबै एकबद्ध बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले अरविन्द योग मन्दिरले यस क्षेत्रमा शैक्षिक तथा विपन्न अनाथ बालबालिकाको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले समयको बिकाससंगै संस्कृत शिक्षा विस्थापित हुने पो हो कि भन्ने अवस्था सृजना भएको भन्दै त्यस तर्फ सबै सजक बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले अरविन्द योग मन्दिरमा दिईने जिवन उपयोगी ज्ञान र शिक्षालाई अन्य विद्यालयहरु सम्म पु¥याउन आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा स्वामि रामचन्द्र दासले महर्षि अरविन्दको जिवनी तथा उहाँको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । अरविन्दको मातृभुमी प्रतीको मोह र सर्मपणको उदाहरण दिदै उहाँले अहिलेको पुस्तालाई मातृभुमी प्रती माया नभएको गुनासो समेत पोख्नुभयो ।

कार्यक्रममा आरविन्द योग मन्दिरमा शिक्षा हासिल गररहेका बालबालिकाले विभिन्न साँस्कृतिक नाच शिव ताण्डव, भरत नाट्याम लगायत प्रस्तुत गरेका थिए । कार्यक्रममा मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरी, प्रमुख जिल्ला अधिकारी समुन घिमिरे, प्रहरी उपरिक्षक प्रज्वल महर्जन, विभिन्न वडाका जनप्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस