२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २२४ मेट्रिकटन मल भित्रियो, अझैपनि मलको चरम अभाव

२०७९ भाद्र २, बिहिबार प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

कावासोती । बर्सेनि देशभरका किसानहरु युरिया मलको चरम अभाव व्यहोर्न बाध्य भएका छन् । नवलपुरमा पनि युरिया मलका लागि बर्सेनि सास्ती व्यर्होदै आएका किसानहरु यस वर्ष पनि बाध्य भएका हुन् । अझ भनौ अघिल्लो आर्थिक बर्षको तुलनामा यस वर्ष आधा मल कम आएको कृषि सामाग्री कम्पनी लिमिटेड नवलपुरका निमित्त शाखा प्रबन्धक सोभा न्यौपानेले बताउनुभयो ।

नवलपुरमा हाल २ सय २४ मेट्रिक टन अर्थात ४ हजार ४८० बोरा मल आएको छ । आर्थिक वर्ष ७७/७८ मा १५ सय ४ मेट्रिक टन मल आएकोमा आर्थिक वर्ष  ७८/७९ मा जम्मा ६ सय ९२ मेट्रिक टन आएको बताउनुभयो । यसरी हेदा यसपाली अन्य वर्षको तुलनामा निकै कम देखिएको छ । अघिल्लो वर्ष १४ सय मेट्रिक टन वितरण गरेको र १ सय ४ मेट्रिक टन बाकि रहेको थियो । बाकि रहेको र अहिले आएको मल गरी जम्मा ७ सय ९२ मेट्रिक टन यसपाली वितरण गरेको हो ।
सरकारको मातहतमा रहेर मल आयत हुने हुदा चाहेर पनि धेरै मल आयत गरी वितरण गर्न नसकिने न्यौपानेको भनाई छ ।  जति मल आएको छ सोहि अनुसार विभिन्न नगर र गाँउपालिकाहरुको सहकारी तथा एग्रोभेटबाट मल वितरण गरेको थियो ।

मध्यविन्दु नगरपालीकामा ७ सय ६० बोरा, कावासोति नगरपालीकामा ९ सय बोरा, देवचुलीमा ६ सय बोरा ,गौँडाकोट ७ सय ४० बोरा, विनयी त्रिवेणीमा ६ सय ४० बोरा वौदिकाली गाँउपालिकामा २ सय बोरा ,बलिङुटार गाँउपालिकामा २ सय ४० बोरा र हुप्सेकोट गाँउपालिकामा ४ सय बोरा गरी नवलपुर जिल्लाका ५८ वटा सहकारी तथा एग्रोभेटबाट ४ हजार ४ सय  ८० बोरा मल वितरण गरेको कृषि सामाग्री शाखा प्रबन्धक शोभा न्योपानेले जानकारी दिनुभयो ।

धानबालीका लागि मात्रै १० हजार बोरा भए समस्या तत्कालका लागी समाधान हुने न्यौपानेको भनाई छ । जिल्लामा २२४ मेट्रिकटन मल भित्रिए पनि कृषकले मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको गुनासो  छ ।

यस वर्ष किसानले धानबालीसँगै अहिले सुरु हुने अन्य वाली र तरकाली खेतिमा पनि युरिया मलको चर्को अभाव व्यहोर्नपर्दा किसानहरु चिन्तित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस