२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विकुद्वारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

२०७९ भाद्र १, बुधबार प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

कावासोती । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२ औँ वार्षिकोत्सवको अवसरमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विकूको कार्यक्षेत्र रहेका स्थानमा पूर्वपश्चिम राजमार्गको तीन स्थानमा एकसाथ सचेतना कार्यक्रम गरिएको हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी, गैंडाकोट नगरपालिकामा नगरपालिकाको कार्यालय अघि र कावासोती नगरपालिकाको कावासोती बजार गरी तीन स्थानमा एकसाथ सचेतना प्रदान गरिएको विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

FB_IMG_1660737126475

विकू सस्थाका सचालक समिति, कर्मचारी, केन्द्रका व्यवस्थापन समिती र ट्राफिक प्रहरी कार्यालय नवलपुरको सकृयतामा ट्राफिक सचेतनामुलक प्ले कार्ड प्रर्दशन, सचेतनामूलक पम्पेट वितरण गरेर जिल्लामा चल्ने यातायात प्रालिका प्रतिनिधिहरु, चालक, सहचालक, सवारीधनीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको थियोे ।

FB_IMG_1660737124174

कार्यक्रममा जिल्ला स्थित विकू बचत तथा ऋण सहकारी संस्था तथा ट्राफिक प्रहरीका पदाधिकारीहरू, स्थानीय बुद्धिजिबी, भद्रभलादमी, स्थानीथ संचारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस