२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

‘सक्रिय बन्दै टोल’

२०७९ श्रावण ३१, मंगलबार प्रकाशित ( साल अघि) ५३१ पाठक संख्या

बिबेक भण्डारी

देबचुली । आफ्नो गाउँ एवं टोल बनाउन आफै लागौँ भन्दै देवचुली नगरपालिका भित्र रहेको टोलका स्थानिय सक्रिय भएका छन । वडा अन्तरगत रहेका टोल समितिहरु ऋहिले सक्रिय हुदा टोलका सामाजिक गतिविधिमा टोलवासीहरु ऋाफै सक्रिय भएको देखिन्छ । केहि साता अघि मात्र देवचुली नगरपालिका वडा नम्बर चारमा वडा क्षेत्राधिकार भित्र रहेका टोलहरुमा टोल सुधार समिति गठन भयो ।

टोलमा समिति गठन भए पछि अहिले हरेक साता टोलमा सामाजिक विषयमा बहस र सामाजिक कार्यक्रमहरु आयोजजना कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउने र सामाजिक कार्यमा जुट्ने गरेका छन । यस्तै देवचुली वडा नम्बर चारमा रहेको अमर टोल विकास समितिले मन्दिर सरसफाई संगै आफ्नो टोल आफै सुधारौँ अभियान नै चलायो । टोल समितिका निरप्रसाद अधिकारीका अनुसार टोलबासीमा चेतना नभएको होइन तर भएको चेतनालाई कसरी प्रयोग गर्ने र कहाँ प्रयोग गर्ने भन्ने मात्र हो । टोल समितिले सरसफाई गर्नुपर्यो भनि सुचना प्रदान गरे संगै टोलका सबै स्थानिय उपस्थीत हुनुभयो र सरसफाई समेत गरिएको अधिकारी बताउछन । अम्मर टोल मात्र होइन देवचुली वडा नम्बर २ मा रहेको दुम्कौली टोल सुधार समितिले समेत टोलका स्थानियहरुलाई सक्रिय बनाएको छ ।

अहिले उक्त टोलले वडा कार्यलयलाई टोलका समस्या बताउने र टोलमा आवस्यक परेका विषयमा जानकारी गराउने गरेको छ । टोल सुधार समितिका अध्यक्ष तेजबहादुर पुनका अनुसार वडाले ‘एकसाता दश घर अभियान’ समेत चलएको बताए । ‘हामिले एक साता दश घर चलाएका छौ, यसले आपसमा चिनजान हुने र टोलमा भएका समस्या पहिचान हुने गर्दछ’ अध्यक्ष पुनले भने । अम्मर र दुम्कौली टोल त उदाहरण हुन यो संगै नगरमा रहेका अन्य वडाका टोल सुधार समितिहरु सक्रिय भएका छन । यसले सिंगो नगरको सामाजिक कार्यलाई सहज बनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस